|
२०८३ बैशाख २०
काठमाडौँ । कैलालीमा केपी खनालको तीनतले घर नक्सापासबिनै ऐलानी जग्गामा निर्माण भइरहेको खुलासा भएको छ । तर सो जग्गाको लालपूर्जा समेत छैन ।
प्रधानमन्त्री बालेन्द्र शाहले अवैध संरचना हटाइरहेका बेला उनकै पार्टीका सांसद खनालको घर पनि मापदण्डविपरीत बनेको तथ्य बाहिर आएको हो । यति बेला अन्य अतिक्रमित संरचना भत्काउदै गर्दा के बालेनले आफ्नै सांसदको घरमा पनि डोजर चलाउलान भन्न प्रश्न उठि रहेको छ ।
खनाल पक्षका अनुसार घर ऐलानी जग्गामै भए पनि अतिक्रमण गरेर बनाइएको नभई परिवारको लगानीमा निर्माण गरिएको हो ।
स्थानीय सरकारका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबासमा पर्छ र भूमि आयोगको प्रक्रिया पूरा भए पनि लालपूर्जा जारी भइसकेको छैन ।
लम्कीचुहा क्षेत्रमा मात्रै हजारौँ भूमिहीन र अव्यवस्थित परिवार बसोबास गर्दै आएका छन्, जसले यस्तो विषयलाई थप जटिल बनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्