नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । नेपाल छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बीको विजेता बनेको छ।

अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३८-३६ ले पराजित गरेको हो । योसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ । नेपालले पहिलो हाफमा १९-१७ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित हासिल गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *