बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–१ साङ्लाका ४८ वर्षीय रोहितलाल श्रेष्ठ र विराटनगर घर भई काठमाडौं बस्ने मणी निरौला रहेका छन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार १३ लाखभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय पाएका रोहितलाललाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । यस्तै, उच्च अदालत पाटनको निर्णयअनुसार २० लाख जरिवाना र ८ दिन कैद सजाय पाएका मणीलाई काठमाडौं–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *