विश्वविद्यालय र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन हटाउने सरकारको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । सरकारले विश्वविद्यालय र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हटाउने तयारी गरेको छ ।

त्यसको लागि प्रधानमन्त्री बालेन्द्र साहले सबै विश्वविद्यालयका उपकुलपतिलाई संगठनको औचित्य समाप्त भइसकेकोले विश्वविद्यालयबाट तत्काल संगठन प्रतिबन्ध लगाउन उर्दी जारी गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रम साहले दिएको उर्दी कानुनसम्मत छ कि छैन रु भन्ने अध्ययन गरिएको छैन ।

विश्वविद्यालयको ऐनमा स्ववियु रहने व्यवस्था छ । सरकारले बुझेर पनि नबुझेझैँ विश्वविद्यालयका पदाधिकारीलाई अनावश्यक दबाब दिन थालेको छ । यसमा सरकारले संविधान र लोकतान्त्रिक परम्पराको खासै हेक्का राखेको भने देखिँदैन । २०३६ सालको परिवर्तन होस् वा ०६२÷०६३ को, त्यसमा विद्यार्थी संगठनको योगदान महत्वपूर्ण छ । तर विद्यार्थी संगठन र स्ववियुको योगदान ख्यालै नगरेर एकोहोरोरुपमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन खोज्नु समस्या बल्झाउनुजस्तै हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *