नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका कारण अनुसन्धान ढिलो : आईजीपी कार्की

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाण्डौ । दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएको कारण साइबर अपराध अनुसन्धानमा ढिलाइ भइरहेको बताएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट आवश्यक विवरण प्राप्त गर्न कठिन हुने र कानुनी व्यवस्था अभावले समस्या थपिएको बताए ।

प्रहरीका अनुसार साइबर अपराधका घटना बढ्दो क्रममा छन्, जसमा १० हजारभन्दा बढी वित्तीय अपराध, ४ हजारभन्दा बढी फेक एकाउन्टसम्बन्धी उजुरी र ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्टका घटना दर्ता भएका छन् । उनले विशेषगरी महिला र युवाहरू बढी प्रभावित भएको उल्लेख गर्दै प्रभावकारी कानुनी संरचना आवश्यक रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *