|
बैशाख १०, २०८३
गुल्मीको तम्घास क्षेत्रमा अब फोहोर बिक्री गरेर आम्दानी हुन थालेको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले संकलन गरेको नकुहिने फोहोर पाल्पास्थित वेस्ट बैंकलाई बेच्न सुरु गरेको हो। प्लास्टिक, सिसा, फलामजस्ता सामग्री तोकिएको दरमा बिक्री भइरहेका छन्।
हप्तामा छ दिन फोहोर उठाइने र दैनिक करिब दुई टन फोहोर संकलन हुने गरेको छ। यसबाट मासिक करिब २० हजार रुपैयाँ आम्दानी भइरहेको समितिले जनाएको छ।
फोहोर जलाउने चलन हटेपछि ओख्रेनी आसपासका बस्तीमा दुर्गन्ध कम भएको र पानीका मुहान पनि सफा हुन थालेका छन्। अब कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने योजना पनि अघि बढाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्