रिपोर्टर्स क्लबसहित १८ संस्थालाई भृकुटीमण्डपको बक्यौता बुझाउन अन्तिम ७ दिनको म्याद थप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका भौतिक संरचनाको भाडा नतिर्ने व्यवसायी तथा संघसंस्थाहरूलाई बक्यौता बुझाउन अन्तिम पटक सात दिनको म्याद थप गरेको छ ।

परिषद्ले बुधबार एक जरुरी सूचना प्रकाशित गर्दै रिपोर्टर्स क्लबसहित १८ वटा संघसंस्थालाई बक्यौता चुक्ता गर्न अन्तिम समय दिएको हो । परिषद्का अनुसार पहिलो पटक दिइएको सात दिनको म्यादभित्र केही व्यवसायी र संस्थाहरूले आंशिक रकम बुझाए पनि रिपोर्टर्स क्लबसहित अन्य १८ वटा संस्थाहरूले अझैसम्म बाँकी रकम दाखिला गरेका छैनन् ।

सोही कारण, परिषद्ले पुनः सूचना जारी गर्दै बक्यौता रहेका सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई रकम बुझाउन अन्तिम पटक सात दिनको समय दिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *