सवारी ठक्करबाट पैदलयात्रीको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१० सिस्नेमा पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले चितवन भरतपुर–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *