|
२०८३ बैशाख ८
काठमाण्डौँ । जाजरकोटको नलगाड–२ छेप्कामा भएको आगलागीमा गम्भीर घाइते भएकी एक महिलाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।
चैत २९ गते ग्यास सिलिन्डर लिक भएर ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए । तीमध्ये ४२ वर्षीया माया जैसीको कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको अवस्थामा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइते रुपा जैसी र गणेश गौतमको काठमाडौँमै उपचार भइरहेको छ। उनीहरूलाई सुरुमा हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो, पछि थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्