बसको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ८

काठमाण्डौँ । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत छन् ।

चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरकै अर्को एक खबर अनुसार चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आज बिहान भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *