रास्वपाको केन्द्रीय समिति बैठक सुरु, गृहमन्त्रीबारे निर्णय के गर्ला ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ७

काठमाडौँ । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक बसि रहेको छ ।

बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा विमर्श हुने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । तर पहिल्यै एजेन्डा तय भएपनि पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारिक दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएपछि त्यसबारे पनि छलफल हुने आचार्यले बताए ।

आचार्यका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ । आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन मिति तय, समानुपातिक सांसदहरूको जिम्मेवारी, पार्टीको प्रवास विभाग प्रमुखमा सचिवालय सदस्य दीपक बोहराको नियुक्त लगायत निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *