काठमाण्डौँ । धौलागिरि र अन्नपूर्ण हिमालमा यस वर्ष वसन्तयामको आरोहण शुरु भएको छ । पहिलो दिन २१ जनाले आरोहण गरेका छन् ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । त्यस्तै धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको छ ।
सेभेन समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी गरी १२ जना हिजो अन्नपूर्णको चुचुरो पुगेका हुन् । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् ।
उनीहरूबाट एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताए ।
अनुमति लिएकाबाट एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताएका छन् । छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्