विशेष महाधिवेशन स्वीकार्नुको विकल्प छैन : भण्डारी

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ५, २०८३

काठमाडौँ— चन्द्रकान्त भण्डारीले पार्टीभित्र देखिएको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षसँग अब विकल्प नरहेको बताएका छन्। उनले विशेष महाधिवेशनलाई स्वीकारेर अघि बढ्नैपर्ने धारणा राखेका हुन्।

एक रेडियो कार्यक्रममा बोल्दै भण्डारीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको र त्यसैका आधारमा चुनाव लडिएको स्मरण गराए। साथै, सर्वोच्च अदालतले पनि वैध ठहर गरिसकेपछि विवादको अर्थ नरहेको उनको भनाइ थियो।

उनले पार्टीभित्र एउटै व्यक्ति वा परिवारको निरन्तर वर्चस्व हुन नहुने उल्लेख गर्दै नयाँ पुस्ताको सोचअनुसार कांग्रेस रूपान्तरण हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *