कोरियाबाट फर्किएका श्रमिकका लागि २५ लाख डलरको सहयोग

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ४, २०८३

(कोइका)कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगले दक्षिण कोरियाबाट स्वदेश फर्किएका नेपाली कामदारहरूको पुनःएकीकरणका लागि २५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

यस सहयोगमार्फत फर्किएका आप्रवासीलाई आर्थिक रूपमा सबल बनाउने र उनीहरूको सीप तथा अनुभवलाई देशभित्रै उपयोग गर्ने लक्ष्य राखिएको छ।

परियोजनाले उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रमा योगदान बढाउने र पुनःएकीकरण प्रक्रियालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *