कांग्रेसको ‘जरामा जाऊँ’ अभियान सुरु, संगठन बलियो बनाउने लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

काठमाडौं — नेपाली कांग्रेसले ‘एक महिने जरामा जाऊँ अभियान’ देशभर सुरु गरेको छ। अभियान अन्तर्गत ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएका छन्, जसले स्थानीय तहसम्म पुगेर संगठन विस्तारमा काम गर्नेछन्।

महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानले सदस्यता विस्तार, अद्यावधिक र ‘डिजिटल कांग्रेस आईडी’ लागू गर्ने लक्ष्य लिएको छ। साथै, नागरिकसँग प्रत्यक्ष संवाद र पार्टी गतिविधिको समीक्षा पनि गरिनेछ।

सभापति गगनकुमार थापाले आफ्नै वडाबाट सदस्यता अद्यावधिक गर्दै अभियानको सुरुवात गर्ने कार्यक्रम तय भएको छ। अभियानमार्फत पार्टी संगठनलाई अझ सक्रिय र प्रविधिमैत्री बनाउने प्रयास गरिएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *