|
२०८३ बैशाख १
काठमाडौं, वैशाख १ — इरान र संयुक्त राज्य अमेरिका बीच पाकिस्तानको इस्लामाबादमा भएको वार्ता बिना निष्कर्ष समाप्त भएको छ। इरानले ५ वर्षका लागि आफ्नो परमाणु कार्यक्रम रोक्ने प्रस्ताव राखे पनि अमेरिकाले २० वर्षसम्मको प्रतिबन्ध माग गरेपछि सहमति हुन सकेन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले परमाणु हतियार नबनाउने स्पष्ट ग्यारेन्टी दिनुपर्ने बताएका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा होर्मुज जलडमरूमा समुद्री नाकाबन्दी सुरु गरिएको छ।
नाकाबन्दीसँगै क्षेत्रीय तनाव बढेको छ भने कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। इरानले कुनै आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्