प्रधानमन्त्रीलाई गालीगलौज गरि भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई युट्युबमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

पाँचथरको फाल्गुनन्द–७ का पोखरेललाई चैत २६ गते साइबर ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णले आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।

पोखरेलको पक्राउलाई लिएर सामाजिक सञ्जालमा बालेन शाहको चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *