|
चैत्र २९, २०८२
काठमाडौं, चैत २८ – पाँचौं कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियन बनेको छ। पुलिसले ७ स्वर्णसहित कुल १३ पदक जित्दै शीर्ष स्थान कब्जा गरेको हो।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ६ स्वर्णसहित दोस्रो र त्रिभुवन आर्मी क्लब ४ स्वर्णसहित तेस्रो स्थानमा रहे। सातदोबाटोस्थित कराते एकेडेमीमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।
महिला र पुरुष दुवै टिम कातामा पनि पुलिसले जित निकाल्दै आफ्नो प्रभुत्व कायम राख्यो। उत्कृष्ट खेलाडीको उपाधि महिला तर्फ वर्षा बुढा मगर र पुरुषतर्फ प्रदीप बैजाली मगरले जिते।
देशभरका ७ प्रदेश र ३ विभागीय टिमका २१० खेलाडी सहभागी उक्त प्रतियोगितामा कुल १७ विधामा प्रतिस्पर्धा भएको थियो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्