आज देशभर मौसम सामान्य, केही हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाडौँ, चैत्र २९ – देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज मौसम आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी र हिमाली क्षेत्रमा बदली देखिनेछ भने तराईका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसोतिर हिमाली भेगमा बदली बढ्ने र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित बागमती र गण्डकीका केही हिमाली स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

राति भने अधिकांश पहाडी र तराई क्षेत्रमा मौसम सफा रहनेछ। तर कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा र यात्रुहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *