सोलुखुम्बु । सोलुखुम्बुमा आगामी वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुने भएको छ । गणनालाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन हिजो सरोकारवालाहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा सचेतना गोष्ठी आयोजना गरिएको छ ।
कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारीले आर्थिक गणनाको उद्देश्य, महत्व, कार्यक्षेत्र, संरचना तथा कार्यविधिबारे विस्तृत प्रस्तुति दिए । गणनाको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गणकलाई सत्य–तथ्य विवरण उपलब्ध गराउन आग्रह गरे ।
२०७५ सालमा गरिएको पहिलो आर्थिक गणनामा जिल्लाभर ३ हजार ५०८ प्रतिष्ठान सूचीकृत भएका थिए । यसपटकको गणनामा कागजी र अनलाइन दुवै माध्यमबाट तथ्यांक संकलन गरिनेछ । अनलाइन प्रणाली मार्फत वैशाख २ गतेदेखि जेठ मसान्तसम्म र कागजी प्रक्रियामार्फत असार ७ गतेसम्म गणना सञ्चालन गरिने जानकारी दिइएको छ । कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी , सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतले गणना कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन ।
आर्थिक गणना सञ्चालनका जिल्ला समन्वय समितिमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्