उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा.रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको बताए । डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ उपचारमा संलग्न छन् ।

यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *