भक्तपुरमा बिस्का जात्राका लागि रथ तयार गरिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । काठमाडौं उपत्यकाको प्राचीन सहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवं सांस्कृतिक बिस्काःजात्रा नजिकिएसँगै श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ ।

बिस्काः भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौं उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्काः जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्री भैरवनाथको रथ निर्माणका लागि अहिले स्थानीय गुठियारहरू लागिपरेका छन् ।

लिच्छविकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्री भैरवनाथ र श्री भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्कास् जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *