|
२०८२ चैत्र १८
काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगमका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएकै स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ । मन्त्रालयले चैत १७ गते थप ७ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाएलगत्तै दोस्रो चरणमा यो निर्णय गरेको हो ।
यस पटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, र वीर अस्पताल जस्ता केन्द्रिय अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्