|
चैत्र १७, २०८२
काठमाण्डौँ । ललितपुरको पुल्चोकस्थित पुरानो मन्त्री निवासमा वर्तमान सरकारका चार मन्त्री बस्न थालेका छन् ।
गृहमन्त्री सुधन गुरुङ त्यहाँ सरिसकेका छन् भने ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्य मन्त्री निशा मेहता र कानुन मन्त्री सोविता गौतम पनि सोही परिसरमा बस्ने तयारीमा छन् ।
उक्त परिसरमा यसअघि नै सर्वोच्च अदालतका १३ न्यायाधीश बस्दै आएका छन्। मन्त्री र न्यायाधीश एउटै ठाउँमा बस्न थालेपछि न्यायाधीशहरूबीच अन्योल उत्पन्न भएको छ।
भैंसेपाटीस्थित नयाँ मन्त्री निवास आन्दोलनका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा पुरानो क्वार्टर प्रयोग गरिएको हो । पुनर्निर्माण कार्य जारी रहेको सरकारले जनाएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्