ओलीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १५

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित ‘थुना म्याद थप’ प्रकरणमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने माग गरेका छन् ।

जिल्ला न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहसका क्रममा बडालले प्रतिवेदनमा मनसायपूर्वक हत्या गर्न खोजेको वा नगरेको भन्ने स्पष्टता नरहेको उल्लेख गरे । उनले ओली भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएको दाबी गर्दै म्याद थप आवश्यक नभएको तर्क प्रस्तुत गरे।

यसैगरी, उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनामा ओलीले गोली चलाउन आदेश नदिएको जिकिर गरे । आयोगको प्रतिवेदनकै आधारमा मात्रै मुद्दा चलाउन नमिल्ने भन्दै उनले थप अनुसन्धान आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *