फ्लोरा एक्स्पोमा १.२२ करोडको व्यापार, हजारौँको आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ९, २०८२

काठमाडौँ — चार दिनसम्म सञ्चालन भएको २७औँ फ्लोरा एक्स्पो १ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ।

मेलामा करिब ६० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ। पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा विभिन्न व्यावसायिक तथा प्रतिस्पर्धात्मक स्टलहरू राखिएका थिए।

पुष्प क्षेत्रमा लगानी र रोजगारी दुवै बढ्दो क्रममा रहेको बताइएको छ भने आयात घट्दै र निर्यात बढ्दै गएको तथ्य पनि सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *