इरानी हमलाले अमेरिकी सैन्य अड्डामा ठूलो क्षति

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ८, २०८२

काठमाडौँ, चैत्र ८ — इरानले गरेको आक्रमणका कारण अमेरिकाले प्रयोग गरिरहेका सैन्य अड्डाहरूमा करिब ८० करोड डलर बराबरको नोक्सानी भएको बताइएको छ।

बीबीसी र सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजको संयुक्त अध्ययनले सुरुका दुई सातामै यस्तो ठूलो क्षति भएको देखाएको हो। यसअघि अनुमान गरिएको भन्दा क्षति धेरै भएको रिपोर्टमा उल्लेख छ।

विशेषगरी युद्धको पहिलो हप्तामै इरानको जवाफी कारबाहीबाट धेरै नोक्सानी भएको जनाइएको छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य अभियान थालेका थिए।

रिपोर्टका सह–लेखक मार्क क्यान्सियनले वास्तविक क्षति अझ बढी हुन सक्ने संकेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *