भुक्तानी विवादले सिरहामा झडप, आधा दर्जन घाइते

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ७, २०८२

सिरहा नगरपालिका–१२ मा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयले दुई समूहबीच हिंसात्मक झडप भएको छ। शुक्रबार अपराह्न भएको घटनामा ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय दुई पक्षबीच सुरु भएको सामान्य विवाद चर्किँदै कुटपिटमा परिणत भएको हो। घटनापछि प्रहरी टोली पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

घाइतेमध्ये केहीको टाउको र हातमा चोट लागेको छ भने एक जनालाई थप उपचारका लागि बाहिर पठाइएको छ। अन्य घाइतेहरू जिल्ला अस्पतालमा उपचाररत छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *