|
चैत्र ७, २०८२
बैतडी — पाटन नगरपालिका क्षेत्रमा ट्रक दुर्घटना हुँदा आमा–छोरासहित चार जना घाइते भएका छन्।
जयपृथ्वी राजमार्गअन्तर्गत ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको ट्रक आज बिहान अनियन्त्रित भई करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २५ वर्षीया महिला, उनका दुई साना छोरा र चालक घाइते भएका छन्। सबैलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक जानकारीअनुसार ट्रक सिमेन्ट बोकेको थियो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्