सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा यूएईमा ७ नेपाली पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाण्डौँ । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स ९यूएई० मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए ।

परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ ।
यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो । तर, त्यसको अवज्ञा गर्दै कतिपय नेपालीले फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने गरेको थियो ।

सरकारका कडा निर्देशन अवज्ञा गरेको पाइएपछि यूएईको महान्यायाधिवक्ता कार्यालयले पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *