काठमाण्डौँ । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।
संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो ।
सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरू सहभागी छन् ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे । बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदैछ ।
यो पृष्ठभूमिमा संसद् सञ्चालनको तयारीको विषयमा सर्वदलीय बैठक बसेको हो ।
सांसदहरूको शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।
संसद सचिवालयका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्