|
२०८२ चैत्र ५
काठमाण्डौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ ।
विभिन्न कारणबस कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ ।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।
उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्