|
चैत्र ५, २०८२
गुल्मी, चैत ५ — गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी–कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा चालक केशव ज्ञवाली घाइते भएका छन्। उनको बायाँ खुट्टा र बायाँ आँखा माथि चोट लागेको छ। ट्रकमा सवार यादव ज्ञवालीको नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय जोहाङको टोली खटेर उद्धार गरेको हो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्