काठमाण्डौँ । झन्डै दुई तिहाइ जनमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्याबिनेट मेम्बरबारे गृहकार्य तीव्र बनाएको छ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने सरकारमा शिक्षामन्त्रीका लागि ३ जनाको नाम चर्चामा आएको छ ।
बालेन निकट स्रोतका अनुसार छलफलमा पूर्व शिक्षामन्त्री महावीर पुन, बालेनका पूर्व शिक्षा सल्लाहकार सस्मित पोखरेल र कैलाली ५ का सांसद आनन्द चन्दको नाम चर्चामा आएको हो ।
रास्वपाले स्वतन्त्र सांसद महावीर पुनलाई सरकारमा सहभागी गराउने हो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दिने तयारी गरेको हो । यदि उनी सरकारमा सहभागी नहुने हो भने रास्वपाकै सस्मित पोखरेल वा आनन्द चन्दको सम्भावना रहेको बताइएको छ ।
कानुनको विद्यार्थी भए पनि सस्मित पोखरलले काठमाडौँ महानगरमा शैक्षिक सुधारमा काम गरेको दाबी रहेको छ भने आनन्द चन्दले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका छन् । चन्दले पाटन क्याम्पसमा १७ वर्ष भन्दा बढी उपप्राध्यापक काम गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्