इरानले इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । इरानले इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ती व्यक्तिमाथि इजरायलको गुप्तचर निकायका लागि काम गरेको आरोप लागेको थियो ।

इरानको सरकारी समाचार एजेन्सी तसमिनका अनुसार उक्त व्यक्तिले देशका संवेदनशील क्षेत्रहरूको तस्बिर र जानकारी बाहिर पठाएको आरोप लागेको थियो ।

रिपोर्टअनुसार उनलाई गत वर्ष जुन महिनामा सवजबलाघ सहरबाट पक्राउ गरिएको थियो । त्यतिबेला इरान र इजरायलबीच १२ दिनसम्म द्वन्द्व चलिरहेको थियो । इरानले ती व्यक्ति अनलाइनमार्फत भर्ती भएको जनाएको छ ।

उनले एक यात्रा समूहको लिंकमा आफ्ना विवरण राखेपछि फारसी भाषा बोल्ने एक गुप्तचर अधिकारीले सम्पर्क गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *