म्याग्दीमा डढेलोको उच्च जोखिम

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३, २०८२

म्याग्दी – सुख्खा मौसमसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ। डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारी का अनुसार, ९६ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण भएको हो।

घाँस पलाउने, अवैध सिकार, र आगोको जथाभावी प्रयोगले वन, वन्यजन्तु, जडीबुटी र पन्छीको बासस्थानमा क्षति पुर्‍याउने गरेको छ। आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म हजार हेक्टर क्षेत्रफल वन डढेलोले नष्ट भएको तथ्याङ्क छ।

जिल्लामा डढेलो रोकथामका लागि सामुदायिक पोखरी निर्माण, पानी सङ्कलन, र सुरक्षा निकायसँग सहकार्य गरी रणनीति बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *