पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाडौं । विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन् । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो ।

चालिसेले अदालतले तोकेको धरौटी रकम बुझाएपछि तारिखमा रिहा भई मुद्दाको थप प्रक्रिया बाहिरबाटै अघि बढाउन पाउनेछन् । गएको मंसिरमा अख्तियारले दायर गरेको मुद्दा पुर्पक्षका लागि चालिसे सोमबार अदालतमा उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *