|
२०८२ चैत्र २
काठमाण्डौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारलाई पछिल्ला दुई निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन उनले सरकारलाई भनेका हुन् ।
जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा भर्ती गर्ने निर्णय गर्नु उचित नरहेको उनको आग्रह छ ।
‘प्रधानमन्त्री कार्कीले आफ्नो पीए आदर्श श्रेष्ठलाई जाँदाजाँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शीताको उपहास भएको पनि उनले बताएका छन् ।
यसका साथै अध्यक्ष साहले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्