रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दाको अभियोग पत्र फिर्ताको रिट पूर्ण सुनुवाइका लागि पेश हुने भएको छ । सर्वोच्च अदालतले चैत १ गतेका लागि पूर्ण सुनुवाइ तोकेको छ । जहाँ न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सुनुवाइ गर्नेछन् ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथिको मुद्दा संशोधन गर्न निर्देशन दिएपछि वरिष्ठ अधिवक्ता र कानुनका विद्यार्थीले रिट दायर गरेका थिए । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।

महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *