आजको राशिफल : फागुन २७ गते बुधबार – आज कुन राशिलाई मिल्ला सफलता, कसलाई चाहिन्छ सावधानी?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यापार वा व्यवसायसम्बन्धी निर्णय गर्दा भावनामा बहकिएर निर्णय लिनु राम्रो नहुन सक्छ। रोकिएका कामहरू साथी वा सहयोगीहरूको मद्दतले अघि बढ्ने संकेत देखिन्छ। आत्मविश्वास र साहस बढ्ने दिन रहनेछ। शुभ रंग : सेतो । शुभ अंक : २ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नजिकका व्यक्तिसँगको सम्बन्धमा सुधार आउने सम्भावना छ। साथीभाइ तथा सामूहिक प्रयासबाट लाभ प्राप्त हुन सक्छ। विद्यार्थीहरूले भविष्यप्रति स्पष्ट लक्ष्य बनाउनु राम्रो हुनेछ। शुभ रंग : हरियो । शुभ अंक : ३ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रतिष्ठा बढाउने खालको कार्य गर्ने अवसर प्राप्त हुन सक्छ। धेरै समयदेखि सोचिरहेका योजनाहरू पूरा हुने सम्भावना छ। मेहनत र लगनशीलताले काममा राम्रो प्रगति हुनेछ। शुभ रंग : सेतो । शुभ अंक : २ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीतिक वा सामाजिक क्षेत्रमा जनसमर्थन प्राप्त हुने संकेत छ। व्यापार व्यवसायका लागि नयाँ योजना बनाउन सकिने दिन हो। यात्रा गर्दा भने सावधानी अपनाउनु उपयुक्त हुनेछ। शुभ रंग : सेतो । शुभ अंक : ७ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्मेवारी अपेक्षाभन्दा बढी हुन सक्छ। परिवार वा जीवनसाथीसँग सानो मतभेद हुन सक्ने भएकाले संयम आवश्यक देखिन्छ। आर्थिक क्षेत्रमा भने प्रयासले सकारात्मक परिणाम दिन सक्छ। शुभ रंग : सेतो । शुभ अंक : ८ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यस्थलमा आफ्नो इच्छा अनुसारका उपलब्धि प्राप्त हुने सम्भावना छ। नयाँ रोजगारी खोजिरहनु भएकाहरूलाई राम्रो अवसर मिल्न सक्छ। व्यापार गर्नेहरूका लागि लाभदायक दिन बन्ने देखिन्छ। शुभ रंग : रातो । शुभ अंक : ४ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बनाएका योजना सफल हुने संकेत देखिन्छ। लामो समयदेखि रोकिएको रकम प्राप्त हुन सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ भने व्यापारमा थोरै प्रयासले पनि राम्रो नतिजा मिल्न सक्छ। शुभ रंग : निलो । शुभ अंक : ९ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी वा पेशासम्बन्धी निर्णय हतारमा नगर्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोतहरू देखिन सक्छन्। साझेदारी व्यवसायमा पारदर्शिता कायम राख्न आवश्यक छ। विद्यार्थीहरूलाई शिक्षकको सहयोग प्राप्त हुन सक्छ। शुभ रंग : सेतो । शुभ अंक : २ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक वा आध्यात्मिक कार्यमा खर्च बढ्न सक्छ। आफन्तबाट अपेक्षित सहयोग नपाउँदा मन अलि खिन्न हुन सक्छ। यात्रा गर्दा आफ्ना सामानप्रति विशेष ध्यान दिनु उचित हुनेछ। शुभ रंग : रातो । शुभ अंक : १ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समाजमा मान-सम्मान बढ्ने संकेत देखिन्छ। पहिले गरेका कामको राम्रो परिणाम प्राप्त हुन सक्छ। सहकर्मीहरूको साथले कार्यस्थलमा सफलता मिल्नेछ। व्यापारमा नयाँ अवसर पनि प्राप्त हुन सक्छ। शुभ रंग : केशरी । शुभ अंक : ५ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रबाट सकारात्मक खबर आउन सक्छ। व्यापार वा कामको सिलसिलामा यात्रा गर्नुपर्ने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ भने छिमेकीसँगको पुरानो मनमुटाव अन्त्य हुन सक्छ। शुभ रंग : बैजनी । शुभ अंक : ३ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पहिले अधुरा रहेका काम पूरा गर्ने समय आएको छ। सन्तान पक्षबाट राम्रो खबर प्राप्त हुन सक्छ। जागिर वा पेशामा वरिष्ठ अधिकारीको सहयोग पाइनेछ। व्यापारमा थप लगानी गर्ने अनुकूल समय देखिन्छ। शुभ रंग : खैरो । शुभ अंक : ५ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *