सुदूरपश्चिममा २०६ जना उठेका मध्ये १४४ जनाको जमानत जफत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २६

काठमाण्डौँ । सुदूरपश्चिममा चुनावमा उठेका २०६ जना मध्ये १ सय ४४ जनाको जमानत जफत भएको छ । प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चुनावमा उठेका २०६ जनाले २ हजार मत कटाउन नसक्दा उनीहरुको जमानत जफत भएको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ । यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा रहेका थिए। जस मध्ये ४२ जनाको जमानत जफत भएको छ । डडेल्धुरामा १३ जना चुनावमा उठेकोमा ९ जनाको जमानत जफत भएको छ । बैतडीमा ११ जनामा चुनाव उठेका मध्ये ६ जनाको जमानत जफत भएको छ ।

दार्चुलामा ११ जना उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भएको छ । यस्तै, डोटीमा ९ जना उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ । बझाङमा ७ जना चुनावमा उठेकोमा ३ जनाको जमानत जफत भएको छ । अछाम–१ मा ८ जना चुनावमा उठेका मध्ये ५ जनाको जमानत जफत भएको छ । यस्तै बाजुरमा ८ जना उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *