चार महिनाअघि खुलेको श्रम संस्कृतिले गर्यो ३ सिट सुरक्षित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २४

काठमाण्डौँ । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीन स्थानमा जित हासिल गरेको छ । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो । समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *