|
२०८२ फाल्गुन २२
काठमाण्डौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार अमरेश सिंहले उल्लेखनीय अग्रता कायम गरेका छन् । हालसम्मको मतगणना अनुसार उनले १ हजार ९०८ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन् ।
उता, नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ५३६ मत प्राप्त गरेका छन् । यससँगै सिंह र थापाबीचको मतान्तर १ हजार ३७२ पुगेको छ, जसले प्रारम्भिक चरणमै सिंहको बलियो उपस्थितिलाई संकेत गरेको छ।
त्यसैगरी, नेकपा तर्फका उम्मेदवार रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी रहेकाले आगामी परिणामले प्रतिस्पर्धाको स्वरूप थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्