|
२०८२ फाल्गुन २१
काठमाण्डौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्ने बताएका छन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतपेटिका र दलका प्रतिनिधिबिच सम्बन्ध टुटाउने कुरा स्वीकार्य नहुने बताए ।
उनले भने, ‘बुथबाट मतपेटिका लैजाने क्रममा दलको प्रतिनिधिहरूलाई सहभागी नगराउने, कतिपय बुथमा, मतदान केन्द्रहरूमा छलफल भइरहेको कुरा बुझिएका छौँ। त्यस्तो नगरोस् । मतपेटिका र दलका प्रतिनिधिहरूको बीचकोसम्बन्धलाई टुटाउने कुरा निर्वाचन आयोग, सरकार, सेना प्रहरीले पनि नगरोस् । त्यस्तो भए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्छ।’
उनले पहिलो पटक निर्वाचनमा फ्रन्टलाइनमा सेनाको परिचालन गरिएको बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्