|
फाल्गुन २१, २०८२
काठमाण्डौँ । बालेन्द्र शाहले निर्वाचन आयोगबाट आवश्यक अनुमति नलिई हेलिकप्टर प्रयोग गरेपछि उक्त उडानलाई बीचमै फर्काइएको घटना सार्वजनिक भएको छ ।
उच्च स्रोतका अनुसार शाह काठमाडौंमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकोप्टर चढेर झापातर्फ प्रस्थान गरेका थिए । तर, सम्बन्धित निकायबाट आवश्यक स्वीकृति नलिइएको पुष्टि भएपछि उक्त हेलिकोप्टरलाई गन्तव्यमा अवतरण गर्न नदिई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काइएको बताइएको छ ।
विमानस्थल स्रोतले दिएको जानकारीअनुसार निर्वाचन आचारसंहिताको समयमा हवाई साधन प्रयोग गर्न निर्वाचन आयोगको अनुमति अनिवार्य हुन्छ । तर शाहको उडानका लागि यस्तो अनुमति लिएको विवरण नदेखिएपछि अवतरण रोकिएको जनाइएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्