|
२०८२ फाल्गुन २०
काठमाडौँ, २० फागुन – नेपाल एयरलाइन्सले बुधबार साउदी अरबको दमाम र कतारको दोहामा निर्धारित उडानहरू रद्द गरेको छ।
कम्पनीले दुबई, दोहा र दमामका आगामी उडानका लागि सूचना वा तोकिएको सम्पर्क नम्बर मार्फत मात्र विमानस्थलमा उपस्थित हुन सचेत गराएको छ। साथै, आवश्यक जानकारी नेपाल एयरलाइन्सको वेबसाइटबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
खाडी क्षेत्रमा बढ्दो युद्धका कारण नेपाल एयरलाइन्सबाहेक अन्य कम्पनीको उडानहरू पनि प्रभावित भइरहेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्