प्रतिनिधिसभा निर्वाचनमा नेपाल रेडक्रसले प्राथमिक उपचार स्वयंसेवक परिचालन

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २०, २०८२

काठमाडौँ, २० फागुन – नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३० वटा मतदान केन्द्रमा प्राथमिक उपचार स्वयंसेवकहरू परिचालन गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका प्रत्येक मतदान केन्द्रमा चार‑चार जना स्वयंसेवकले सेवा प्रदान गर्नेछन्। अतिरिक्त रूपमा, शाखाले एंबुलेन्ससहित सात जनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलका अनुसार, आकस्मिक प्राथमिक उपचार आवश्यक पर्ने सम्भावित परिस्थितिका लागि स्वयंसेवक टोली र आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिएको छ।

यसका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग, र मानसिक प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *