मध्यपूर्वका नेपालीको सुरक्षाबारे एनआरएनएको सरकारलाई ध्यानाकर्षण, ‘र्‍यापिड एक्सन टिम’ गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र आपतकालीन व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष डा.बद्री केसी नेतृत्वको टोलीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर पछिल्लो क्षेत्रीय परिस्थितिका कारण उत्पन्न त्रास र अनिश्चितताबारे चासो व्यक्त गरेको हो ।

एनआरएनएले परराष्ट्र मन्त्रालयसहित सम्बन्धित निकायहरूबीच उच्चस्तरीय समन्वय गरी आपतकालीन संयन्त्र शीघ्र गठन गर्न आग्रह गरेको छ। आवश्यक परे उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा सहकार्य गर्न संघ तयार रहेको जनाएको छ ।

सचिव राईले पश्चिम एसियाको अवस्थालाई मध्यनजर गर्दै सरकारले ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको जानकारी दिए। उक्त टिममा एनआरएनएलाई पनि समेटेर सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चालिने उनले बताए । साथै, नेपाली नागरिकलाई नियमित सूचना र अनलाइन माध्यमबाट सहायता उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *