काठमाण्डौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको भए पनि बैंकिङ सेवा पूर्ण रूपमा बन्द नहुने भएको छ । अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका छन् ।
अर्थतन्त्रका आधारभूत गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलहरूको निर्वाचन खर्चसम्बन्धी कारोबार, र दैनिक नगद आवश्यकतासँग सम्बन्धित सेवा बन्द हुँदा समस्या आउन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार अधिकांश बैंकहरूले तोकिएका शाखा खुला राख्ने सूचना सार्वजनिक गरेका छन् ।
कुन बैंकका कुन शाखा खुला रहने ?
नबिल बैंक :
नबिल बैंकले निर्वाचन बिदाका दिन पनि सीमित शाखामार्फत सेवा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक शाखा खुला रहनेछन् भने मधेश प्रदेशमा वीरगञ्ज र जनकपुर (पिडारीचोक) बाट सेवा दिइनेछ । त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा र नेपालगञ्ज (धम्बोजी), सुदूरपश्चिमको धनगढी तथा कर्णालीको सुर्खेत शाखा सञ्चालनमा रहनेछन् । बागमती प्रदेशअन्तर्गत तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखाबाट पनि सीमित समयका लागि बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
प्रभु बैंक :
प्रभु बैंकले देशभरका १३ शाखा खुला रहने जनाएको छ । बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा ९रत्नचोक०, इटहरी, कमलादी, विराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखाबाट सेवा उपलब्ध हुनेछ।
ग्लोबल आइएमई बैंक :
सातै प्रदेशका तोकिएका शाखा खुला रहनेछन्। कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक (विराटनगर) मधेशमा वीरगञ्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दीस बागमतीमा कान्तिपथ, न्यूरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल (डिल्लीबजार), पनौती, शंखमुल र इमाखेल (थानकोट) लगायतका शाखा सञ्चालनमा रहनेछन् । साथै बागलुङ, पोखरा, बुटवल, नेपालगञ्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, धनगढी (क्याम्पस चोक) र महेन्द्रनगर शाखाबाट पनि सेवा दिइनेछ।
एनआईसी एशिया बैंक :
एनआईसी एशिया बैंकले काठमाडौंको न्यूरोड खिचापोखरी, थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी कार्यालयबाट सेवा दिने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक :
यस बैंकले कोशी प्रदेशको विराटनगर, मधेशको वीरगञ्ज र जनकपुर, बागमतीको दरबारमार्ग, सिपाडोल, पुल्चोक र ठमेल, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखा खुला राख्ने जनाएको छ।
कृषि विकास बैंक :
बैंकले बिहान १०ः०० बजेदेखि दिउँसो १:३० बजेसम्म सेवा दिने जनाएको छ। कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, कान्तीराजपथ ९हेटौँडा०, पोखरा, पालुङटार, हुवास, भैरहवा, खस्यौली, धम्बोझी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखा सञ्चालनमा रहनेछन् ।
नेपाल एसबीआई बैंक :
बैंकले पनि बिदाको दिनमा ग्राहकलाई सेवा दिने तालिका सार्वजनिक गरेको छ । बैंकको विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक (पोखरा), बुटवल, भैरहवा, सुर्खेत र धनगढी शाखा खुला रहनेछन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्