|
२०८२ फाल्गुन १८
काठमाण्डौँ । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो ।
जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी गरिएको सामूहिक विस्थापन आदेशको झल्को दिएको समाचारमा उल्लेख छ ।
यसैबीच इजरायलले दक्षिणी लेबनानका तीन सहरहरूमा आक्रमण गरेको छ । अलजजिराका अनुसार हारिस, नबातीह अल–फव्का र मेफडुन सहरमा इजरायलले आक्रमण गरेको हो ।
उत्तरी इजरायलमा रकेट आक्रमण पछि इजरायली सेनाले हिजबुल्लाहमाथि आक्रमण गरिरहेको बताएपछि यो घटना भएको बताइएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्